dinvari.com

तिब्बत भूकम्प अपडेटः मृतकको संख्या १२६, घाइते १८८

 काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मंगलबार बेलुका ७ बजेसम्म भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ।

चीनको सिगात्से सहरअन्तर्गत टिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

उक्त भूकम्पको धक्का नेपालदेखि भारतसम्म महसुस गरिएको थियो। भूकम्पले नेपालको कोसी प्रदेशमा चार/पाँच घरमा क्षति गर्‍यो। मानिसलाई भने केही भएन।

अन्तिम अद्यावधिक मिति: २०८१ पुष २३, मंगलवार २०:४८

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री