सुर्खेत । यही माघ १८ गते हुने पशु स्वास्थ्य तथा सेवा व्यवयासी परिषद् निर्वाचनमा भूगोलतर्फ कर्णाली प्रदेश सदस्यमा चिरञ्जीविप्रसाद उपाध्याय उम्मेदवार बनेका छन्। नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्याय उम्मेदवार बनेका हुन्।
उपाध्याय सँगै भूगोलतर्फ कर्णाली प्रदेश सदस्यमा दुइ जनाले उम्मेवारी दिएका छन्। उम्मेदवारी दिनेमा नारायण न्यौपाने र प्रकाश पाण्डे छन्। न्यौपाने नेकपा माओवादी केन्द्र निकटबाट उम्मेदवार बनेकाे स्राेतकाे दाबी छ। पाण्डे एमाले–कांग्रेस गठबन्धनबाट बागी उम्मेदवार बनेका हुन्। पाण्डेलाई उनको संगठनले गठनबन्ध विरुद्ध उम्मेदवारी दिएका कारण कारबाही समेत गरेको स्राेतकाे दाबी छ।
यस्तै, नेप्ला नेपालका वरिष्ठ सल्लाहकार मोहन गिरीको संयोजकत्वमा चुनाव प्रचार–प्रसार समिति बनाएर एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकाहरुकाे प्रचार-प्रसार देशैभर थालिएकाे छ।
उपाध्यायको उम्मेदवारी किन?
उपाध्यायले भूगोलतर्फ कर्णाली प्रदेश सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेका छन्। उनकाे मतदान क्र.स. १ रहेकाे छ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यावसायलाई कानूनी मान्यताका लागि व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन ।
एक गाउँ एक प्राविधिक तथा तीनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राविधिकहरुको निरन्तरता र दीगो रुपमा व्यावस्थापन गर्न।
पशु सेवामा संलग्न रहेका निजिक्षेत्र एवम् प्राइभेट व्यावसायलाई दर्ता र नविकरणमा सरलता ल्याउन ।
पशुपंछी औषधी व्यावसाय दर्ताको लागि हाल रहेको केन्द्रबाट हुने सम्पुर्ण सेवा सम्बन्धित प्रदेशबाट नै हुने व्यावस्थाका लागि ।
परिषदुमा प्रत्यक्ष सरोकार राख्ने ६ वटै पेशागत संस्थाका सदस्यहरु आफ्नो योग्यता अनुभव र सिपका आधारमा पेशागत कार्य गर्न गराउने सुनिश्चितताका लागी।
पशुपंछी मत्स्य तथा दुग्ध विज्ञानसँग सम्बन्धित पेशालाई सुव्यवस्थीत मर्यादित बनाउदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन।
नीजि क्षेत्रका प्राविधिक जनशक्तिलाई दर्ता प्रक्रियामा सहभागी गराउनका लागी सहजीकरण गर्न।
दर्ता हुन नसकेका व्यावसायीहरु लाई दर्ता प्रक्रियामासहभागी गराउनका लागी सहजीकरण गर्न।
भेटेरिनरी क्षेत्रमा रहेका कृषकहरुको व्यावसायीक सुनिश्चितता गर्नका लागी।
कृषकहरुका लागि अनुदान, विमा, कृषि कर्जा प्रोत्सहान र अनुदान जस्ता कार्य हरुलाई उचित ब्यावस्थापनका लागी सहजिकरण गर्न।
पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायमा संलग्न प्राबिधिकहरुको औषधीउपचार, जीवन बिमा र दुर्घटना बिमा लगायतका बिषयमा सरकारसँग् पहल गर्न।
पशु स्वास्थ्य तथा पशुसेवा व्यावसाय मा संलग्न प्राविधिकहरुको लागी छिटो छरितो सेवाका लागी दुईपाङग्रे सवारी साधनमा भन्सार छुटका बिषयमा सरकारसँग पहल गर्न।

यस्तो छ, निर्वाचन प्रक्रिया
आगामी माघ १८ गते हुने पशु स्वास्थ्य तथा सेवा व्यवयासी परिषद् निर्वाचन–२०८१ मा देशभारबाट १३ हजार एक सय ३ जना मतदाताले भाग लिदै छन्।
देशभरिमा उपाध्यक्ष सहित १२ (७ प्रदेश वा ७ जना प्रदेश सदस्य, उपाध्यक्ष १ जना, २ जना खुला महिला सदस्य र २ जना खुला सदस्य) जना सदस्यहरुको निर्वाचनबाट निर्वाचित हुने परिषद्को निर्वाचन प्रक्रिया रहेको छ।
यस्तै, २ जना खुला महिला सदस्य तथा २ जना खुला सदस्य गरि ५ जनाले देशभरका मतदानबाट मत प्राप्त गर्दछन् भने प्रदेश सदस्यका लागि सम्बन्धित प्रदेशभित्रका मतदाताहरुले मतदान गरेर विजयी गराउने गर्छन्।
कर्णाली प्रदेशमा कुल १ हजार ६७१ मतदाता रहेका छन।























