dinvari.com

हेमन्त खत्रीको यात्रा : दैलेखदेखि लोकसंगीतहुँदै जापानसम्म

दैलेखको ठाँटीकाँध गाउँपालिका–३ साविकको विशाला गाविसमा जन्मिएका हेमन्त खत्री सानै उमेरदेखि गायनमा रुची राख्थे। बाल्यकालदेखि नै गीत गाउने, गजल, मुक्तक लेख्ने लगायतका साहित्यकारमा बढी ध्यान दिने गर्थे। पढाइमा पनि अब्बल खत्री विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिने र प्रथम, दोस्रो सिटको पुरस्कार उनको हातमा पथ्र्यो।

गाउँकै विद्यालयमा कक्षा १२ उर्तिण गरिसकेपछि उच्च शिक्षासँगै संगित सिक्नका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत झरे।

सुर्खेत झरेर खत्रीले कर्णाली प्रदेशकै चर्चित संगीत सिकाउने वागीना समूह सुर्खेतमा संगीत सिक्ने निधो गरे।

उनले करिब १ वर्ष भन्दा बढी वागीना समूहमा संगीत सिकिसकेपछि त्यसलाई पूर्णता दिनका भारतमा संगीत सिक्न जाने योजना बनाए।

केही साथीहरुसँग मिलेर खत्री भारतका विभिन्न ठाउँमा संगीत सिक्न थालेको उनले बताए। खत्रीले भने, ‘सुर्खेतमा करिब १ वर्ष संगीत सिकेपछि त्यसलाई थप पूर्णता दिनुपर्छ भनेर केही साथीको सल्लाह अनुसार भारत जाने योजना बनायौं। पछि भारतको बनारस, दिल्ली र मुम्बईमा संगीत सिक्न पनि गयौँ। त्यहाँ हामीले २ वर्ष संगीत सिक्यौं।’

भारतमा संगीत सिकिसकेपछि खत्री नेपालमा आएर नयाँ गीत रेर्कडिङ गर्ने निधो गरे। उनले आफ्नै चार वटा गीत निकालेका छन्।

यस्तै, करिब ६ वर्ष काठमान्डौँ बसेका खत्रीले काठमाडौँका दोहोरी साझमा काम गरेका छन् भने रेडियो नेपालबाट २ विद्यामा (आधुनिक र लोक गीतमा) स्वर परीक्षा पास गरेका छन्।

करिब १ वर्षदेखि जापानको ओशाका बस्दै खत्रीले विभिन्न ६ वटा गीतमा शव्द संगीत भरेका छन्। बाल्यकालदेखि संर्घषपूर्ण जीवन बिताइरहेका खत्री हाल लोकसंगीतलाई केही समयका लागि अलग राखेर जापानबाट नयाँ जीवनको सुरुवात गर्ने योजना बनाएका छन्।

खत्रीसँगको कुराकानीमा आधारित

अन्तिम अद्यावधिक मिति: २०८१ फाल्गुन २, शुक्रबार १३:२७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री