dinvari.com

जापानमा घन्किदै कर्णाली र सुदुरको देउडा

सुर्खेत । देउडा भन्ने बित्तिकै आम मानसपटलमा पश्चिम नेपालको लोक संस्कृति झल्किन्छ । देउडा कर्णाली र सुदूरपश्चिम प्रदेशमा गाइने प्रचलित लोक गायन शैली हो । यसलाई ठाडी भाका, देउडा गीत, लोक डेउडाका रुपमा चिनाइन्छ । देउडा मेला, चाडपर्व, जात्रामा गाइने नृत्यप्रधान गीत हो । कुनै समय देउडा कर्णाली र सुदुरका पहाडमा मात्रै केन्द्रित थियो । देउडा गाउने कलाकार पनि यतैका हुन्छन् भन्ने बुझाई थियो । मेला, महोत्सवमा पनि देउडा गाउने कलाकार खासै प्राथमिकतामा पर्दैन्थे । नयाँ पुस्ताको देउडा संस्कृतिप्रति खासै लगाव हुन्थेन ।

तर पछिल्लो समय भने देउडा सस्कृतिको दायर बढ्न थालेको । कुनै समय सुदुर र कर्णालीका पहाडी जिल्लामा सिमित देउडाको दायरा सात समुन्द्रपारी पुग्न थालेको छ । पछिल्लो समय लोकदोहोरी तथा देउडा गायनमा भित्रिएका नयाँ पुस्ताका चर्चित अनुहार इब्सल सञ्ज्याल र चक्र बमले पहिलो पटक जापानमा पश्चिम नेपालको पहिचान झल्काउने भएका छन् । कर्णाली प्रदेश समाज जापानको आयोजना, सुदुर पश्चिमेली नेपाली समाज र राष्ट्रिय लोकतथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको सह–आयोजनामा कर्णाली तथा सुदुर पश्चिम क्षेत्रको कला संस्कृतिको जगेर्णा र प्रचार प्रसार साथै कर्णालीका विपन्न समुदायका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा सहयोग जुटाउन आयोजित ‘कर्णाली साँगीतिक साँझ’ मा सञ्ज्याल र बमले जापानवासी नेपालीलाई देउडामा झुमाउने छन् ।

१६ बैशाख २०८२ (२९ अप्रिल २०२५) मा जापानको ईकेबुकुरोस्थित टोसिमा सिभिल सेन्टर हलमा आयोजना हुने साँगीतिक साँझमा यी दुई नयाँ पुस्ताले आफ्नो देउडा प्रस्तुति देखाउने छन् । कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग जुटाउने उद्देश्यले उक्त साँगीतिक कार्यक्रम गर्न लागिएको कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले बताए । अध्यक्ष शाहीका अनुसार यहि अप्रिल २९ तारिख मंगलबार हुने उक्त साँगीतिक साँझका लागि नेपालबाट लोकप्रिय कलाकारहरुको टोली आउँदो २८ तारिख सोमबार बिहान टोकियो पुग्ने छन् ।

कलाकारहरुमा लोक तथा दोहोरी गायक तथा मोडल चक्र बम, पछिल्लो समयमा अत्यधिक रुचाएकी चल्तीकी लोक तथा दोहोरी गायिका इब्शल सञ्ज्याल र चर्चित कार्यक्रम सञ्चालक उत्तम शर्मा लगायत छन् । नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेका स्थानीय कलाकारहरुले साथ दिनेछन् । जापानको रंगमञ्चमा पहिलोचोटी हुन लागेको नितान्त नौलो, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका रैथाने लोकसँस्कृति र जनजीवनको चित्रणमार्फत पिछडिएको कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग जुटाउने अभियानमा साथ दिन अध्यक्ष शाहीले जापानवासी नेपालीलाई अनुरोध गरे ।

२९ तारिख टोकियोको इकेबुकुरोमा हुने कार्यक्रमको प्रवेश टिकट भिआइपीका लागि १० हजार, नर्मल ३ ‘कर्णाली साँगीतिक साँझ’ २९ तारिखमा टोकियोको इकेबुकुरोस्थित सिभिक सेन्टरमा साँझ ५ बजेबाट हुने छ भने मे २ तारिख ओसाका, ३ तारिख कोबे, ४ तारिख ओकिनावा र ६ तारिख नागोयामा कार्यक्रम तय भएको समाजका अध्यक्ष शाहीले बताए ।

अन्तिम अद्यावधिक मिति: २०८२ बैशाख २०, शनिबार ०८:२५

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री