dinvari.com

प्रेस सेन्टर कालीकाेटका अध्यक्ष आचार्यकाे स्कुटर दुर्घटनामा मृत्यु

सुर्खेत । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यकाे स्कुटर दुर्घटनामा परी मृत्युु भएको छ । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ काे कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई माेटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइतेको भएका थिए ।

मुलपानीबाट भुरेलीतर्फ जादै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएकाे कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको माेटरसाईकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटी ठाेक्कीएका थिए । गम्भीर घाइते शुभकालिका गाउँपालिका-१, घर भई हाल वीरेन्द्रनगर-१, बस्ने आचार्यको उपचारको क्रममा गए राति मृत्यु भएको सुर्खेत प्रहरीले जनाएकाे छ ।  मोटरसाईकल चालकको अवस्था मध्यम छ ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री