dinvari.com

हिउँले ढाकिए कर्णालीका हिमाली जिल्ला

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिमपात भएको हो।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। यससँगै हुम्लामा तेस्रो पटक हिमपात भएको छ। हुम्लाको सिमकोट लगायत उत्तरी क्षेत्रमा त्यधिक हिउँ परेको छ।

यस्तै, मुगुको पर्यटकीय स्थल रारा ताल पनि हिउँले ढाकिएको छ। अन्य जिल्लामा गएरातिदेखि बादलले ढाकिरहेको जल तथा मौसम विभागले जनाएको छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हिमाली जिल्लाका किसान छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।

अहिले हुम्ला सिमिकोटको हुम्लाको तापक्रम माइन्स ८ डिग्री सेल्सियसमा झरेको छ। यस्तै, सुर्खेतको तापक्रम १५ डिग्री सेल्सियसमा छ भने जुम्लाको ३ डिग्री सेल्सिय छ।

अन्तिम अद्यावधिक मिति: २०८१ पुष १४, आईतवार ०९:१६

दिनभरी समाचार

दिनभरी चर्चित