dinvari.com

दैलेखका तीन कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

सुर्खेत । दैलेखको उत्कृष्ट तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जिल्लाभरबाट उत्कृष्ट किसानलाई पुरस्कार वितरण गरेको हो।

जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तरगत प्रथम पुरस्कार नारायण नगरपालिका–६ मा रहेको स्वस्तिमा एग्रो कृषि फर्म सञ्चालक पार्वती रेग्मीलाई प्रदान गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उनलाई ३० हजार नगद सहित प्रमाण–पत्रले सम्मान गरिएको छ।

यस्तै, द्वितीय पुरस्कार आठबीस नगरपालिका–५ मा निरजकुमार माझीले सञ्चालनमा ल्याएको कर्णाली कृषि तथा पशुपन्छी फर्मलाई २५ हजार नगद सहित प्रमाण–पत्र र तृतीय पुरस्कार भैरवी गाउँपालिका–६ का राजेश कँडेलले सञ्चालन गरेको ग्रामीण पशुपन्छी तथा एग्रो फरेष्ट्री फर्मलाई २० हजार नगदसहित प्रमाण–पत्रले सम्मान गरिएको कार्यालयले जनाएको छ।

यस्तै, उक्त पुरस्कारहरु कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले वितरण गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री शाहले किसानहरुले नै देशको अर्थतन्त्र सुधारमा सहयोग पु¥याउन मद्दत गर्ने बताए। उनले भने, ‘कृषि कर्म गरेर तपाईहरु आज पुरस्कृत हुनुभएको छ। कर्णाली सरकारले किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक कार्यक्रम पनि ल्याएको छ। असल किसानहरुले असल कर्म गरेको खण्डको प्रदेशको मात्रै हैन्। देशको अर्थतन्त्र बढाउनमा योग्दान दिनसक्छन्।’

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा भएको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमसँगै पशुपन्छी विकास शाखा प्रमुख र सरोकारवालाहरूसँग समन्वय गोष्ठी पनि गरिएको छ।

उक्त गोष्ठीमा दैलेख जिल्लामा रहेका स्थानीय तहहरुका पशुपन्छी विकास शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो।

अन्तिम अद्यावधिक मिति: २०८२ असार २७, शुक्रबार १४:२४

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री