dinvari.com

राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर कमिटीद्धारा सवारी दुर्घटनामा घाइतेलाई फलफूल वितरण

सुर्खेत । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगर कमिटीले फलफूल वितरण गरेको छ। बिहीबार युवा संघ वीरेन्द्रनगर नगर कमिटी सुर्खेतले सवारी दुर्घटनामा घाइतेहरुलाई फलफूल वितरण गरेको हो।

वितेको एक सातामा कर्णाली प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना हुँदा दर्जनौं यात्रुहरु घाइते भएका थिए। दैलेखसुर्खेत सिमाना वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटना, कालिकोट पलाता गाउँपालिका ३ मा जिप दुर्घटना र जाजरकोट जिल्लाका एकै दिन दुई ठाउँमा सवारी दुर्घटनमा परेका थिए।

उक्त दुर्घटनमा घाइते भएका यात्रुहरुको प्रदेश अस्पताल कालागाउा सुर्खेतमा उपचार भइरहेको छ। राष्ट्रिय युवा संघको टोलीले सवारी दुर्घटनामा घाइते यात्रुहरुलाई प्रत्यक्ष भेटेर फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेको युवा संघका विज्ञ परिषद् केन्द्रीय सदस्य जीवन अधिकारीले जानकारी दिए।

फलफूल वितरण कार्यक्रममा युवा संघका विज्ञ परिषद् केन्द्रीय सदस्य अधिकारी, वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष रामु खत्री, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज लोकेन्द्र गौतम, केन्द्रीय सदस्य रामबहादुर राना, केन्द्रीय सदस्य तथा वीरेन्द्रननगर नगर कमिटी इन्चार्ज, छवि डाँगी, पूर्व केन्द्रीय सदस्य कमल वि.सी र जिल्ला कमिटी सचिव धनिराम आचार्यको सहभागीता रहेको थियो।

अन्तिम अद्यावधिक मिति: २०८१ कार्तिक २९, बिहीबार १४:५९

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री