dinvari.com

इनिशा मृत्यु प्रकरण : फेरेन्सिक रिर्पोटको नतिजा पर्खदै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर– १ स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलत्कारपछि भएको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको खुलेको थियो ।

सुर्खेत । गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विक मृत्यु प्रकरणमा प्रहरीले अनुन्धान जारी राखेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर– १ स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलत्कारपछि भएको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको खुलेको थियो ।

विद्यालयमा प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी इनिशा अचेत भेटिएको घटनास्थलबाट प्रहरीले १६ वर्षीय एक बालकसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले यस प्रकरणमा अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनाको सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुक्ष्म अध्ययन जारी राखेको छ । प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ परेका बालकहरु उपर अनुसन्धानका विभिन्न कोणबाट बयान लिने काम जारी छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अबको दुईदेखि तीनभित्र अनुन्धान सक्ने तयारी रहेको बताए । उनका अनुसा मृतक इनिशा र आरोपित बालकहरुका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भ्याजाइनल स्वाबलगायतका प्राप्त प्रमाणहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । त्यो रिर्पोट आएपछि मात्रै इनिशाको मृत्युको रहस्य खुल्ने बुढथापाले बताए ।

अन्य समयमा फेरेन्सिक रिपोर्ट आउन कम्तिमा १५ लाग्ने बताउँदै उनले यो प्रकरणमा १ साताभित्र परीक्षणका सबै प्रक्रिया पुरा गर्ने गरी प्रहरीले काम गरिहेका जानकारी दिए ।

यता पीडित बालिकाका आफन्तहरुले चारै जनाको सामुहिक बलत्कारपछि हत्या भएको भन्दै इनिशाको शव बुझ्न मानिरहेका छैनन् । उनको शव आठ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ ।

अन्तिम अद्यावधिक मिति: २०८२ चैत्र १, आईतवार १२:२७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री