सुर्खेत । कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति कान्साईको अध्यक्षता झरेन्द्रकुमार कुवर चयन भएका छन्। आइतबार ओसाकामा सम्पन्न कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति)को तेर्सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
यस्तै, उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुन मगर र सुरक्षा शाही, सचिवमा प्रकाश रसाईली, सह–सचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्षमा
नित्या खड्का र सह–कोषाध्यक्षमा शान्ति ठकुरी चयन भएका छन्।
सदस्यहरूमा कोपिला बम ठकुरी, मुक्ति सुवेदी, शुस्मिता शाही, चन्द्र बुढा क्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाही ठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी सर्वसम्मत चयन भएका छन्।

साथै समाजको सल्लाहकारहरूमा दिलिप कँडेल, डाक्टर भरतसिं नेगी, नरेश ओली र रविन्द्र शाही छन्।
तेर्सो अधिवेशन रबिन्द्र शाहीको अध्यक्षता र कर्णाली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष कृष्ण शाहीको प्रमुख आतिथ्यता तथा एनआरएनए जापान क्षेत्रीय समिती कान्साईका अध्यक्ष हरिप्रसाद कँडेलको रहेको थियो।
साथै एनआरएन जापानका सचिव दिलिप कँडेल सुदुरपश्चिम समाज जापानका पुर्व अध्यक्ष डाक्टर भरत नेगी लगायत ओसाका क्षेत्रमा सक्रिय संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो।





















