dinvari.com

लगातारको दुई हारपछि मुम्बईको पहिलो जित

काठमाडौं । लगातारको दुई हारपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित दर्ता गरेको छ। मुम्बईले कोलकात्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो।

मुम्बईको घरेलु मैदान वंखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले १६.२ ओभरमा अलाउट हुँदै ११६ रन बनाएको थियो। कोलकाताले दिएको ११७ रनको लक्ष्य पछाएको मुम्बई ले १२.५ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनाउँदै लक्ष्य पूरा गर्यो।

मुम्बईका लागि रियान रिकेल्टोनले सर्वाधिक ६२ रनको अविजित पारी खेले। उनले ४१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले १२ बलमा एक छक्का सहित १३ रन बनाउँदै क्याचआउट भए।

विल ज्याक्सले १६ रन बनाउँदा सूर्यकुमार यादव २७ रनमा अविजित रहे। कोलकाताको लागि आन्द्रे रसेलले २ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कोलकाताको लागि सर्वाधिक २६ रनको पारी खेले। उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

ओपनरद्वय क्विन्टन डिकक र सुनिल नारायण सस्तैमा पेभेलियन फर्किँदा कप्तान अजिन्क्य रहनेले ११ रन बनाए। रेनको सिंहले १७ रन, मनिष पाण्डेले १९ र रमनदिप सिंहले २२ रन बनाए।

मुम्बईको बलिङमा आश्विनी कुमारले सर्वाधिक ४ विकेट लिए दीपक चाहरले २विकेट लिए । ट्रेन्ट बोल्ट, कप्तान हार्दिक पाण्ड्या, विग्नेस पथुर र मिचेल शान्तरले समान १(१ विकेट लिए।

मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग चार विकेट र दोस्रो खेलमा गुजरात टाइटनसँग ३६ रनले पराजित भएको थियो।

त्यस्तै कोलकाताले पनि पहिलो खेलमा रोयल च्यालेन्जर्स ब्याङ्गलोरसँग ७ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटको जित दर्ता गरेको कोलकाताले तेस्रो खेलमा हार बेहोरेको हो।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री