सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले जिल्ला स्तरीय स्वयंसेवक भेला समपन्न गरेको छ। युवा संघ सुर्खेत अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।

नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको आयोजनामा चैत २६ गते वीरेन्द्रनगर सुर्खेतमा हुने बृहत जनगारणसभालाई सफल पार्नका लागि युवा संघले स्वयंसेवक भेला गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सुर्खेतले अध्यक्ष बासुदेव आचार्याले जानकारी दिए।
अध्यक्ष आचार्यका अनुसार युवा संघले चैत २६ गते हुने जागरणसभा केन्द्रीत गरी ११३ जनाको उपस्थितिमा आइतबार स्वयंसेवक भेलाको आयोजना गरेको हो।
चैत २६ गते हुने जागणसभालाई सफल पार्नका लागि ब्यापक रुपमा युवाहरुलाई सभामा समट्ने र स्वयंसेविका भूमिका निर्माण गर्ने गरि भेला सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिए।
उक्त भेलामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कुलमणी देवकोटा, युवा संघका स्थायी कमिटी सदस्य किरणकिशोर सापकोटा, प्रदेश अध्यक्ष जीवन शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो।























