dinvari.com

बृहत जागरणसभालाई सम्बोधन गर्न एमाले महासचिव पोखरेल सुर्खेतमा

सुर्खेत । नेकपा एमाले सुर्खेतले आयोजना गरेको बृहत जागरण सभालाई सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन्। नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको बृहत जागरणसभालाई सम्बोधन गर्न पार्टीका महासचिव पोखरेल मंगलबार सुर्खेत पुगेका हुन्।

एमाले सुर्खेतले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आज दिउँसो १ बजेदेखि सुर्खेतको वीरेन्द्रनगर मंगलगढी चोकबाट ¥याली सुरु हुने छ।

त्यसपछि पिपलचौतारमा कोणसभा राखिएको नेकपा एमाले सुर्खेतले जनाएको छ।

पोखरेललाई बिहान सुर्खेत विमानस्थलमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी लगायतका नेता–कार्यकर्ताले स्वागत गरेका थिए।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री