dinvari.com

वीरेन्द्रनगगरमा यू–१६ क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत । सुर्खेतमा भोलि (मंगलबार) देखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना सञ्चालन हुदैछ ।

प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले सहभागीता जनाएका छन् । लिग चरणको प्रतियोगितामा १५ वटा खेल हुने सुर्खेत क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले बताए । उनका अनु्सार आजबाट सुरु भएको प्रतियोगिता यही बैशाख २९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता वीरेन्द्रनगर स्थित कालिनचौक किकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ५१ हजार एक सय ११ रुपैंया पुरस्कार पाउनेछ । भने उप–विजताका लागि २५ हजार एक सय ११ रुपैंया पुरस्कार घोषणा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान स्वरुप १ हजार र उत्कृष्ट बलर, ब्याटम्यान र सिरीस घोषणा हुनेलाई समान दुई हजार पाँच सय रुपैंया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तिम अद्यावधिक मिति: २०८२ बैशाख २२, सोमबार २०:१५

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री