dinvari.com

युवा संघको स्थापना दिवसको अवसरमा सम्मान

वाइसियल र रास्वपाबाट ३८ भन्दा बढी नेता एमालेमा प्रवेश

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा सम्मान गरेको छ। युवा संघले संगठनका निवर्तमान अध्यक्ष तथा सँयोजकहरु सम्मान गरेको हो।

सम्मान हुनेमा हेमन्त शाह, प्रशन्न शाह, प्रकाश शारु, खेमलाल देवकोटा, टिकाराम शर्मा र तेजविक्रम बस्नेतलाई सम्मान गरिएको छ।

राष्ट्रिय युवा सँघ सुर्खेतले बिहीबार स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेको थियो।

संघका सुर्खेत अध्यक्ष बासुदेव आचार्यका अनुसार नेकपा माओवादीको वाइसियल र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर ३८ भन्दा बढी नेताहरु एमालेमा सामेल भएका छन्।

आचार्यले जनताको वहुदलीय जनवादलाई आत्मसात गर्दै राष्ट्रिय युवा सँघ नेपालमा आवद्ध भएका नयाँ प्रवेशि युवाहरुलाई हार्दिक बधाई शुभकामना दिए।

यस्तै, कार्यक्रमको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, अतिथिमा एमाले केन्द्रीय कमिटी सदस्य तथा वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकाल तथा युवा संघका नेताहरुको उपस्थिति रहेको थियो।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ ३, शुक्रबार ०६:५३

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री