सुर्खेत । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कर्णाली प्रदेशको अधिवेशन भदौ २१ गते गर्ने निर्णय भएको छ। बिहीबार (जेठ १५) बसेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कर्णाली प्रदेशको अदिवेशन आयोजक कमिटीको बैठकले उक्त निर्णय गरेको हो।
नेकपा एमाले निकट जनवर्गीय संघगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कर्णाली प्रदेशको अदिवेशन भदौ २१ गते गर्ने निर्णय भएको एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति कर्णाली प्रदेशका फाट इन्चार्ज ध्रुव थापाले जानकारी दिए।
उनका अनुसार भदौ २१ गते सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको हलमा हुनेछ।






















