dinvari.com

रोजगार सञ्चार रणनीति सम्बन्धी दुईदिने छलफल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेत र कथा नेपालको समन्वय तथा आइएलओको प्राविधिक सहयोगमा वीरेन्द्रनगरमा रोजगार सञ्चार रणनीति सम्बन्धी छलफल गरिएको छ। साउन ८ गते र ९ गते दुई दिन छुट्टाछुट्टै सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो।

विशेषगरी रोजगार सेवा केन्द्रलाई सञ्चारसँग जोड्ने र सरोकारवाला निकायहरुको भुमिकाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य टिका घले, सम्झना चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत उपेन्द्र गुरुङ, वीरेन्द्रनगर नगरपालिकाका रोजगार संयोजक मोहनप्रसाद पौड्याल, उद्योग बाणीज्य महासंघ कर्णाली प्रदेश, उद्योग बाणीज्य संघ सुर्खेत, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, लगायत रोजगारसँग सरोकार राख्ने अन्य संघसंस्थाहरुको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा सहजकर्ताको भुमिकामा छविलाल देवकोटा रहेका थिए। कार्यक्रममा सहभागीहरुले सरकारको भुमिका, गैरसरकारी संघसंस्थाहरुको भुमिका, निजि व्यवसायीहरुको भुमिकाका विषयमा समुह कार्यसमेत गरेका थिए।

अन्तिम अद्यावधिक मिति: २०८२ श्रावण १५, बुधबार १७:५५

दिनभरी समाचार

दिनभरी चर्चित