dinvari.com

जेन–जी आन्दोलनको मौका छोपेर भागेका चार कैदी सुर्खेतबाट पक्राउ

सुर्खेत । २३–२४ भदौको जेन–जी आन्दोलनको मौका छोपेर विभिन्न कारागारबाट फरार रहेका चार कैदी सुर्खेतमा पक्राउ परेका छन् । उक्त आन्दोलनले हिन्सात्मक रुप लिएपछिको उत्पन्न विषम परिस्थितीको फाइदा उठाउदै कारागार कार्यालयबाट फरार कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । जगन्नाथ देवल काठमाण्डौं, कारागार कार्यालय तुल्सीपुर, नख्खु कारागार काठमाण्डौं, नौवस्ता कारागार बाँकेबाट फरार रहेका उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा लुकिछिप बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । पक्राउ परेका कैदीहरुमा जिल्लाको गुर्भाकोट नगरपालिका–१४, का २१ वर्षीय धर्मेन्द्र गुरुङ्ग, सोही नगरपालिका–११, का ३५ वर्षीय तेजेन्द्र तिवारी छन् । गुरुङ्ग डाका चोरी र तिवारी मानव बेचविखन मुद्दामा सजाय भोगिरहेका कैदी हुन् । यस्तै, सुर्खेतकै लेकवेशी नगरपालिका–८, का ३६ वर्षीय गंगबहादुर भुरुङ्ग, गुर्भाकोट नगरपालिका–६, का २२ वर्षीय रतन बादीलाई पनि सुर्खेत प्रहरीले प्रक्राउ गरी कारागार चलान गरेको छ । भुरुङ्ग र बादी जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका प्रतिवादी हुन् ।

अन्तिम अद्यावधिक मिति: २०८२ आश्विन २१, मंगलवार २०:४०

दिनभरी समाचार

दिनभरी चर्चित