dinvari.com

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको परीक्षा दिन गएका चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चलिरहेको लोकसेवा आयोगको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ गरेको छ । बुधबार बिहान ९ बजे सुर्खेतको वीरेन्द्रनगर– ७, स्थित आयोगको सुर्खेत कार्यालयमा चलिरहेको सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा सहभागी चार नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ पर्नेहरूमा जाजरकोटको छेडागाड नगरपालिका– १२, का धर्मराज चुनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका– ७, सामाकोटका श्यामशंकर सिंह, दैलेख, भगवतीमाई गाउँपालिका– ५, का सुशील शाहीको सट्टामा परीक्षा दिन आएका भगवतीमाई गाउँपालिका वडा नं. ७ का भरत तिरुवा छन् । पक्राउ परेका अन्य दुईमाथि अनुसन्धान जारी रहेकाले प्रहरीले उनीहरुको विवरण गोप्य राखेको थापाले जानकारी दिए ।

दिनभरी समाचार

दिनभरी चर्चित