सुर्खेत । यही माघ १८ सम्पन्न नेपाल सरकार पशु स्वास्थ्य तथा सेवा व्यवयासी परिषद् निर्वाचनमा भूगोलतर्फ कर्णाली प्रदेश सदस्यमा चिरञ्जीविप्रसाद उपाध्याय विजयी भएका छन्। उनले ३९६ मत प्राप्त गर्दै भूगोलतर्फ कर्णाली प्रदेश सदस्यमा विजयी भएका हुन्।

उपाध्यायका निकटम प्रतिद्धन्द्धी प्रकाश पाण्डेले २३६ मत प्राप्त गरे। भने नारायण न्यौपानेले जम्मा ८८ मत प्राप्त गरे।
कर्णाली प्रदेशमा कुल १ हजार ६७१ मतदाता मध्ये ७२६ जनाले मतदान गरेका थिए।
नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्याय उम्मेदवार बनेका थिए।





















