dinvari.com

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तबाट सँगै दीक्षित एक जोडी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट श्रीमान/श्रीमतिसँगै दीक्षित भएका छन्। शुक्रबार भएको समारोहबाट उनिहरु दीक्षित भएका हुन्।

दैलेखको ठाँटीकाँध गाउँपालिका-३ माझखर्क घर भएका इन्जिनियर बमबहादुर भण्डारी र उनको श्रीमति अम्बिका भट्टराईले स्नातकोत्तर दीक्षित भएका छन।

बमबहादुर इन्जिनियर क्षेत्रमा मास्टर्स निर्माण व्यवस्थापन र उनको श्रीमति अम्बिका मास्टर्स अंग्रेजी विषयमा दीक्षित भएका हुन्।

उनिहरुको दीक्षान्तमा आमा/बुबा, सासु/ससुरा र दिदी लगायतका आफन्तहरु सहभागी भएर खुसी साटेका थिए।

विकट गाउँमा जन्मिएका उनिहरुले गाउँकै विद्यालयबाट अक्षर चिनेका थिए।

सँगै दीक्षित बनेको याे जोडी अन्य विद्यार्थीहरुका लागि प्ररेणाको स्रोत बनेका छन्।

 

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री