dinvari.com

नेपाल निजामती कर्मचारी संगठनले तोक्यो जिल्ला इन्चार्जहरु, सल्यानमा थापा

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनले जिल्ला इन्चार्ज र सह-इन्चार्जहरु तोकेको छ। दोश्रो केन्द्रीय कार्य समितिको बैठकले जिल्लाका इन्चार्जहरु तोकिएको हो।

उक्त बैठकले कर्णाली प्रदेशका १० वटै जिल्लामा इन्चार्ज र सह-इन्चार्ज पनि तोकिएका छन्।

संगठनका केन्द्रीय सदस्य पूर्णबहादुर थापालाई सल्यान जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ भने सह-इन्चार्जमा मनोज केसीलाई तोकिएको छ।

जुनसुकै जिम्मेवारी दिएपछि उत्कृष्ट र सफल कार्यसफलता गर्ने हुँदा थापालाई सल्यान जिल्लाको इन्चार्ज तोकिएको संगठनभित्र चर्चा हुने गरेको छ।

यस्तै, सुर्खेत जिल्ला इन्चार्जमा हेमन्त चुनारा, सह-इन्चार्ज मेनुका शाही, जाजरकोट जिल्ला ईन्चार्जमा डम्बर विष्ट, सह-इन्चार्जमा झुपबहादुर शाही, दैलेख इन्चार्जमा गीता बुढा र सह-इन्चार्जमा प्रकाश भट्टराई तोकिएका छन्।

कालिकोट जिल्ला इन्चार्जमा प्रकाश खड्का, सह-इन्चार्ज सावित्रा घिमिरे, रुकुम पश्चिमको इन्चार्जमा पुष्पराज वली र सह-इन्चार्जमा कमला केसी, हुम्लामा इन्चार्जमा भक्तबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

साथै डोल्पामा इन्चार्जमा गोरबहादुर बुढा र सह-इन्चार्ज हिराचन्द्र धरला, जुम्लाको इन्चार्जमा कमला धरला र सह-इन्चार्जमा धर्मराज रावल, खडानन्द चौलागाई र मुगु जिल्लाको इन्चार्जको जिम्मा दुर्गाबहादुर कार्कीलाई तोकिएको छ।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ २१, मंगलवार ०७:४४

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री