dinvari.com

सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला एक लाख ७६ हजार आठसय रुपैयाँ

काठमाडौँ । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। प्रतितोला ६ सय रुपैयाँ बढेर सुनले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार आठसय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।

यसअघि गएको शुक्रबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेर एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। गएको शुक्रबार चाँदीको मूल्य २ हजार ४० रुपैयाँ पुगेको थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढ्न थालेकाे हाे।

दिनभरी समाचार

दिनभरी चर्चित