सुर्खेत । संघीय सरकारले देशभरका जलविद्युत आयोजनाको लगानी ढाँचा तयार पार्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२०/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अपर अरुण, किमाथाङ्का अरुण, नलगाड, मुगुम कर्णाली, मुगु कर्णाली, उत्तरगंगा, तमोर, र सुनकोशी–३ जलविद्युत आयोजनामा लगानीको ढाँचा तयारी गरिने बताए।
यस्तै, अर्थमन्त्री पौडेलले डोल्पामा बन्न लागेको अर्धजलाशययूक्त १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण आगामी वर्षमा थाल्नेदेखि बहुप्रतिक्षिता कर्णाली–चिसापानी बहुद्देश्यीय अयोजनाको बिस्तृत इन्जिनियरिङ्ग अध्ययन पुरा गरी लगानीको ढाँचा तयार बताए।






















