dinvari.com

योगेश भन्छन्–सभामुखबारे टिप्पणी गर्नेहरुले एक पटक ऐनामा आफ्नो अनुहार हेर्ने कि?

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखका बारेमा टिप्प्णी गर्नेहरुले एक पटक आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अडानका नाममा संसदीय प्रक्रियालाई बन्धक नबनाउन सुझाव दिँदै उनले रास्वपाले सभामुखका बारेमा आफ्नो सुविधा अनुसार व्याख्या गरेको जिकिर गरे।

‘नाराबाजीका बीच संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त?,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा पनि प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले नारा लगाएकै थिए। वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो? के बोलिएको थियो? एक पटक आफैंलाई ऐनामा हेर्ने कि?’

उनले कस्ता विषयमा बैठक अवरुद्ध गर्ने? सबैको सहमति कसरी बनाउने आदि विषयमा छलफल गर्न पनि आह्वान गर्नु गरेका छन्।भट्टराईको प्रश्न छ, ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने?सबैको सहमति कसरी बनाउने? सहमतिको न्यूनतम आधार के लाई बनाउने? बहुलबादी समाज र बहुदलीय प्रणाली भएका मुलकमा हरेक विषयमा सबैको सहमती हुनैपर्छ भन्ने ग्यारेन्टी कसले गर्छ?’

उनको थप भनाइ छ, ‘बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने? आउनुहोस छलफल गरौं।’

भट्टराईले संसद्लाई सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। तर अडानका नाममा संसदीय प्रक्रियालाई नै बन्धक बनाउने नबनाउन उनले चेतावनी दिएका छन्।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री