dinvari.com

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मूल्य तोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँ कायम भएको थियो।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री