dinvari.com

३ दिनमा ६५ सय घटेकाे सुनकाे मूल्य आज थप घट्यो

काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ। तीन दिनमा पैँसठ्ठी सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला चारसय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७३ हजार चारसय रुपैयाँमा झरेको छ।

सुनको मूल्य शुक्रबार तोलामा तीन हजार नौसय, आइतबार एक हजार नौसय र सोमबार सातसय रुपैयाँ घटेको थियो।

गत साताको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री