dinvari.com

वीरेन्द्रनगर सहकारीको २४औं स्थापना दिवस : शुभकामना आदान-प्रदानसँगै दर्जनौं सामाजिक गतिविधि

सुर्खेत । वीरेन्द्रगर नगरपालिका-६ मा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ। संस्थाले २४औं स्थापना दिवसमा विभिन्न गतिविधि गर्दै मनाएको छ।

सहकारीको मुख्य कार्यालयको आयोजनामा वीरेन्द्रनगर उपत्याकाभित्र रहेका ५ वटा सेवाकेन्द्रको सहभागितामा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको छ। संस्थाका अध्यक्ष बमबहादुर बि‍सीको अध्यक्षता र कर्णाली प्रदेश सरकारका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको प्रमुख अतिथित्यतामा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाले व्यहोरेको विगत वर्तमान अवस्था र भावी मार्गचित्र विषयक कार्यपत्र संस्थाका अध्यक्ष बिसीले प्रस्तुत गरेका थिए।

शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन मन्त्री विनोदकुमार शाहले गरेका थिए। उनले २४ओैँ स्थापना दिवसको शुभकामना दिँदै समाजमा छरिएर रहको पुँजीलाई एकीकृत सँगै कृषि क्षेत्रको विकासमा योगदान लगायतका कुरामा सहकारीले सहयोग पुर्याएको बताए।

साथै उनले वीरेन्द्रनगर सहकारीले उत्कृष्ट कामहरु गरेकोमा प्रसंशा गर्दै सहकारी संस्थाहरूलाई आइपर्ने नीति, नियम लगायतका विषयमा समस्याहरूको समाधान गर्न सरकार सकारात्मक रहेको प्रतिवद्धता जाहेर गरे।मन्त्री शाहले वीरेन्द्रनगर बचत तथा ऋण सहकारीले कर्णाली प्रदेशमा उत्कृष्ठ काम गरिरहेको र अब आफ्नो कुनै एक वस्तु, उत्पादन वा सेवालाई ब्रान्डेट गरेर देशभर चिनाउन सुझाव दिए।

यस्तै, ‘सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य हो’ संस्थाका अध्यक्ष बिसीले भने, ‘संस्थाले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान-प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास गरेको हो। संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बीचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकास गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको छ।’

संस्थाले गौरवमय इतिहाससहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि ूदिगो, प्रतिस्प्रर्धि वीरेन्द्रनगर साकोसू भन्ने परिकल्पनासहित विभिन्न राष्ट्रिय(अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुँदै सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ।

अध्यक्ष बमबहादुर बिसीले प्रस्तुत गर्नु भएको कार्यपत्रमा संस्थाले नियतिवश व्यहोरेको विगत आशा लाग्दो वर्तमान र भावी मार्गचित्रको संक्षिप्त चर्चा गरेका थिए। उक्त कार्यपत्र माथि टिप्पणी गर्दै टिप्पणीकार भूपेन्द्र शाही र पूर्णप्रसाद पौडेलले गहकिला सुझावहरू दिए।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक बीरबहादुर रावत संस्थाका सल्लाहकार बिष्णुबहादुर खड्का उद्दोग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षबिक्रम खड्का जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सैना जिल्ला बचत संघका अध्यक्ष भक्तिप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नु राखेका थिए।

राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सागरजनाथ योगी र शुभ बभच तथा ऋण सहकारी संस्थाक अध्यक्ष देबेन्द्र शाहको पनि सहभागिता रहेको थियो।

२०५८ असार २२ गते स्थानीय २७ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म ८ वटा सहकारी संस्थाबीच एकीकरण गरेर सञ्चालनमा रहेको छ। २४औ स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई २१ हजार १११ रुपैयाँको चेक र १५ हजार रुपैयाँ एक छाक खानाका लागि सहयोग प्रदान गरेको छ।

त्यसैगरी विभिन्न सेवाकेन्द्रहरूमा विविध कार्यक्रम गरेर २४औ स्थापना दिवस मनाएको सहकारीले जनाएको छ। वीरेन्द्रनगर बचत तथा ऋण सहकारीका १३ वटा सेवाकेन्द्र रहेका छन्। ती सेवाकेन्द्रहरुले वृक्षा रोपण, स्वास्थ्य शिविर, अन्तरक्रिया, शुभकामना आदान प्रदान, सरसफाई, रक्तदान र बिरामीहरुई फलफूल वितरण कार्यक्रम गरेका छन्।

मेहेलकुना सेवाकेन्द्र अन्तर्गत मेहेलकुना अस्पतालमा बिरामीलाई फलफुल बितरण, अभ्युदय सेवाकेन्द्र अन्तर्गत बाबियाचौरमा विभिन्न शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान, छिन्चु सेवाकेन्द्र अन्तर्गत भेरीगंगा-१० को बडा कार्यालयमा जनता उधोग प्रा.लि, भेरीगंगा जेसिस, भेरीकर्णाली सेनेटरी प्याड उद्योगको समन्वयमा महिलाको पाठेघर चेकजाँचसहित स्वास्थ्य शिविर, राकम सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन्।

यस्तै, जहरे सेवाकेन्द्रमा बढ्दो सडक दुर्घटना कम गर्न प्रयोग गरिने ट्राफिक सचेतना संकेत बोर्डहरू र सडक डिभाइडर प्रदान, वड्डिचौर सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम, गुटु सेवाकेन्द्र अन्तर्गत चौकुने गाउँपालिका-७ को श्री धामिडाडा सामुदायिक वन उपभोक्ता समूह चौकुने ०७ सहिद स्मृति पार्कमा बृक्षारोपण कार्यक्रम र मालिका सेवाकेन्द्र अन्तर्गत ठाँटी बजारमा बजार ब्यबस्थापन समिति, सामुदायिक प्रहरी लगायत सरोकारवाला पक्षहरूको समन्वयमा बजार सरसफाइ कार्यक्रम लगायत दर्जनौ कार्यक्रमहरू गरेर स्थापना दिवस मनाएका संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जानकारी दिए।

उनका अनुसार संस्थाका ३५८ जना शेयर सदस्यहरूलाई सम्मानित घोषणा गरिएको छ। साथै विभिन्न ८ वटा सहकारी संस्था एकिकरण भई एकीकृत रूप सञ्चालित यो संस्थाको कुल पूँजी रू १ अर्व ४० करोड ७६ लाख रहेको छ। यस संस्थाले एकिकरण बिधातर्फ राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

अन्तिम अद्यावधिक मिति: २०८२ असार २३, सोमबार ०९:०७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री