dinvari.com

‘कल्ली’ मा जोडिए सौगात मल्ल

काठमाडौँ । फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। मल्ल र फिल्म निर्माणटिमबीच कागती सम्झौता भइसकेको छ।

फिल्ममा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन। यो फिल्म रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो।

किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।

यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुनेछ। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए।

फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री