dinvari.com

दैलेखमा भिरबाट लडेर घाइते पुजारीको उद्धार

सुर्खेत । दैलेखमा भिरबाट लडेर घाइते बिरामीको उद्धार गरिएको छ। गुराँस गाउँपालिका ४ का ५९ वर्षीय सोमप्रसाद आचार्यलाई उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार त्रिकोटेश्वर शिव मन्दिरका पुजारी समेत रहेका आचार्य पुजा गर्न जाने क्रममा सोहि मन्दिर नजिकको भिरबाट लडेका थिए।

उनि अचानक चिप्लिएर २०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

उनलाई स्थानिय र प्रहरीको सहयोगमा भिरबाट उद्धार गरेर उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेत पठाएइको छ।

अन्तिम अद्यावधिक मिति: २०८१ भाद्र ३१, सोमबार १२:५५

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री