सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस” कार्यक्रम शुभारम्भ गरेको छ। उक्त कार्यक्रमको असोज ३ गतेबाट शुभारम्भ गरिएको हो।
गुराँस गाउँपालिका अध्यक्ष टोप विसीले यो कार्यक्रम सञ्चालन गर्नेमा गुराँस गाउँपालिका कर्णाली प्रदेशमै पहिलो र देशभरबाट तेस्रो पालिका भएको जानकारी दिए।
उनका अनुसार स्थानीय सरकारले प्रवाह गरेको सेवा सुविधाको प्रभावकारीताका विषयमा नागरिकले घरमै बसेर गुनासो गर्न सक्ने प्रणाली “नमस्ते गुराँस” गुनासो व्यवस्थान प्रणाली सुरु गरिएको हो।
यस्तै, अध्यक्ष विसीले गुराँस गाउँपालिकाको विशेष पहल र संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना–२ को प्राविधिक सहयोगमा “नमस्ते गुराँस” गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको बताए।
नासो गर्न गाउँपालिकाको वेबसाइट, टोल फ्रि नं १६६०८९११००० र हर्ट लाइन नं ९८५८०३५१४४ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ।






















