सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइको स्थापना भएको छ। आइतबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रयोगशाला एकाइको उद्घाटन गरेका हुन्।
प्रयोगशालाको उद्घाटन गर्दै कृषिमन्त्री शाहले नागरिकहरूले दैनिक उपभोग गर्ने सबै उत्पादन अर्गानिक र विषादी रहित बनाउनुपर्ने बताए।
मन्त्री शाहले पछिल्लो समय तरकारी तथा फलफूलहरूमा अत्याधिक विषादीहरुको प्रयोग हुने भएकाले त्यसको न्युनिकरणका लागि किसानहरूलाई विषादीको असरको बारेमा जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘पहिला हामी सबैको उत्पादन अर्गानिक हुने गथ्र्यो। अहिले सबैमा औषधीको प्रायोग भएको हुन्छ। यसरी प्रयोग हुने औषधी औषधी नभइ विष हो। किसानले विषादी प्रयोग गर्न नजान्दा किसानसँगै स्वच्छ वातावरण समेत मर्कामा परेको छ।’
यस्तै, मन्त्री शाहले यसरी तरकारीहरुमा अधिक प्रयोग हुने विषादी रोक्नका लागि र विषादी प्रयोग भएको तरकारी छुट्टाउनका लागि सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको स्थापना गरेको बताए।

‘विषादी प्रयोगको भयावह स्थिति भएकोले आफु उभिएको ठाउँबाट आरूलाइ बचाउनुपर्छ भन्ने मान्यताका साथ सरकारले प्रयोगशाला स्थापना गरेका छ।’ मन्त्री शाहले भने, ‘प्रदेश सरकारले पनि सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशालालाई नियमित सञ्चालनमा ल्याउनका लागि बजेटको व्यवस्थापन गरकोे छ।’
यस्तै, मन्त्री शाहले विषादी व्यवस्थापन सम्बन्धि प्रदेश सरकारले पनि कानून बनाउने तयारी गरिरहेको बताए।
नेपाल सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि विभाग अन्तरगत केन्द्रीय कृषि प्रयोगशालाले वीरेन्द्रनगर सुर्खेतको कृषि थोक बजारमा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको मन्त्रालयका सह–सचिव महेशचन्द्र आचार्यले जानकारी दिए।






















