dinvari.com

कृषि उपजको उत्पादन वृद्धि तथा बजारीकरण सम्बन्धी समन्वयात्मक बैठक

दैलेख । दैलेख जिल्लाको कृषि उपजको उत्पादन वृद्धि तथा बजारीकरण सम्बन्धी स्थानीय तह र अन्य सरोकारवालाहरुसँग समन्वयात्मक बैठक गरिएको छ। बुधबार कर्णाली प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालय कृषि विकास र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा गरिएको हो।

जिल्ला स्थित ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरु तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कृषि तथा पशुपन्छी शाखाका प्रमुखहरुको सहभगीतामा उक्त बैठक गरिएको कृषि विकास कार्यालय दैलेका प्रमुख राजु भुजले बताए।

उनका अनुसार उक्त बैठकले विभिन्न सात वटा निर्णय समेत गरेको छ। कार्यालय प्रमुख राजु भुजका अनुसार प्रतिस्पर्धी तथा बजारमुखी कृषि उपज उत्पादन वृद्धिको लागि अभियानको रुपमा सञ्चालन गर्ने, कृषि उद्यमशिलता तथा बजारीकरणमा तीनै तहका निकायले नीजि क्षेत्रलाई अगाडी बढाउन सहजिकरण गर्ने निर्णय भएको छ।

यस्तै, रसायनीक मल व्यवस्थापनको लागि स्थानीय तहले मूल्य निर्धारण अनुसारको मूल्यमा विक्री वितरणका लागि नियमन गर्ने, जिल्ला सदरमुकाममा स्थापना भएको कोल्ड स्टोर सञ्चालनका लागि प्रायाप्त कृषि उत्पादन गर्न सबै निकायले आवश्यक सहयोग तथा पहल गर्ने, जिल्लामा बालीनाली तथा पशुपन्छीहरुको क्षती न्युनिकरण गर्नका लागि कृषि तथा पशुपन्छी बिमाको लागि कृषकहरुको पहुँचमा अभिवृद्धि गर्ने निर्णय बैठकले गरेको छ।

साथै तीनै तहका निकायहरुको संलग्नतामा कृषि सम्बन्धी कार्यक्रमको योजना तर्जुमा गर्ने र प्रत्येक स्थानीय तहको सदरमुकाममा साप्ताहिक हाटबजार सञ्चालन गर्ने सबैले पहल गर्ने निर्णय भएका छन्।

बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि उपजको उत्पादन वृद्धि तथा बजारीकरण सम्बन्धी स्थानीय तह र अन्य सरोकारवालाहरुसँग समन्वयनात्मक बैठकले मन्त्रालयलाई आगामी दिनमा योजना छनौट तथा कार्यान्वयनका विषयमा ध्यान दिन सहयोग पुर्याएको बताए।

बैकठमा दैलेख जिल्ला स्थित ११ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कृषि तथा पशुपन्छी शाखाबाट सहभागी कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा कृषितर्फ हुने उत्पादनहरुको यर्थात विवरण मन्त्रालयलाई जानकारी गराउँन मन्त्री शाहले अनुरोध गरे।

‘मन्त्रालय कृषि उत्पादन हुने सबै भूगोलमा पुग्न सक्दैन्। त्यसैले सम्बन्धित स्थानीय तहहरुले आफ्नो पालिकामा कृषि र पशुपालन क्षेत्रमा के कसरी उत्पदान बढाएर नजिता निकाल्न सकिन्छ त्यसको विवरण दिनुभयो भने आगामी योजना बनाउन मन्त्रालयलाई सजिलो हुनेछ। सरकारका नयाँ कार्यक्रम बनाउन यहाँहरुको महत्वपूर्ण योग्दान हुनेछ। कृषि विज्ञहरुले आफ्नो क्षेत्रमा उत्पदान हुने कृषिको अध्ययान अनुसन्धान गरि किसानहरुलाई कृषि पेशामा थप जागुरुक बनाएर पर्यावरणीय खेतीमा वृद्धि गर्नुपर्छ।’ मन्त्री शाहले भने।

यस्तै, मन्त्री शाहले हिजोआज भइरहेको खेती प्रणाली खराब गतिविधिका कारण नागरिक सँगसँगै उत्पादन हुने माटो पनि अस्वस्थ भएका कारण माटोको उपचार गरेर खेती गर्नुपर्ने बेला आएको बताए।

 

अन्तिम अद्यावधिक मिति: २०८१ मंसिर ६, बिहीबार ०९:४१

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री