dinvari.com

नाफाको कृषक समूह र सहकारी सहजीकरण सम्बन्धि कार्यशाला

सुर्खेत। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सुर्खेतको आयोजनामा कृषक समूह र सहकारी सहजीकरण सम्बन्धि कार्यशालामा गरिएको छ। शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा उक्त कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।

नाफा परियोजनाले कर्णालीका ९ जिल्लाका २० पालिकामा काम गर्दै आएको छ। सहकारी विकास तथा ग्रामीण वित्त संयोजक बासुदेव शर्माले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सुर्खेतले कर्णाली प्रदेशमा गरिरहेको विवरणका बारेमा प्रस्तुतिकरण राखेका थिए।

उक्त कार्याशालामा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले यस प्रोजेक्टले किसानहरुलाई सफलतातर्फ लग्नुपर्ने बताए।

कृषिमा लागेका किसानहरुलाई व्यवसायीकरणतर्फ जोड्न आवश्यक रहेको बताउँदै सचिव थापाले उनिहरुलाई धोका नदिन आग्रह गरे। सचिव थापाले भने, ‘किसानलाई दिइएको बिरुवाहरुले उत्पादन नदिने, राम्रोसँग फस्टाउँन नस्कने गुनासो बढेको छ। त्यसैले किसानलाई धोका नदिएर काम गर्नुपर्छ।’

साथै सचिव थापाले कृषि पढेका युवाहरुलाई कृषि पेशामा आकर्षण नगरेको खण्डमा कृषिको विकास नहुने भन्दै उनले विजनेश पलान बनाए मात्रै अगाडी बढ्न अनुरोध गरे।

यस्तै, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले नाफाले आफ्नो उदेश्यअनुसार कर्णालीमा काम गरिरहेका बताए। उनले भने, ‘कर्णाली प्रदेशलाई प्राकृतिले सजाएको छ। यसलाई थप सजाउन नाफा प्रोजेक्टले सहयोग गरेको छ। कर्णालीमा फलफूलको खेती विस्तार गर्न आवश्यक थियो। त्यसका लागि नाफाको कार्यक्रम उपयुक्त बनेको छ।’

यस्तै, मन्त्री शाहले पछिल्लो समय फलफूलमा भाइरसको संक्रमण देखा पर्न थालेको बताउँदै त्यसको न्यूनिकरणका लागि विज्ञहरुले सर्तकर्ता अपनाउन सुझाव दिए। साथै यस परियोजनालाई मन्त्री शाहले योग्यता, क्षमताको प्रयोग गर्दै स्पिडका साथ काम गर्न अनुरोध गरे।

 

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री