dinvari.com

राष्ट्रिय कलाकारको साथमा होटल सिद्धार्थले नयाँ वर्ष मनाउँदै

सुर्खेत । अङ्ग्रेजी नया बर्ष २०२५ काे अवसरमा सिद्धार्थ होटल सुर्खेतले सास्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ।

न्यूएयरको अवसरमा सिद्धार्थ होटल सुर्खेतमा चर्चित गायिका शान्तिश्री परियार सहित स्थानिय कलाकारहरुको विभिन्न रोचक प्रस्तुती रहने छ। सुर्खेतवासीलाई न्यूएयर इभमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौँबाट चर्चित गायिकालाई सुर्खेतमा ल्याएर सास्कृतिक कार्यक्रम गर्न लागिएको हो।

गायिका शान्तिश्री परियारका भाइरल गीतहरू अरेली काँडैले मलाई च्वास्सै च्वास्सै, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधारैको र घर कता हो बहिनीको भन्ने लगायत दर्जनौं बढी छन।

यस कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमान्डौँबाट ओपनिङ ब्यान्ड “स्पर्श ब्यान्ड” र समापन गर्न सुर्खेतवासीलाई नचाउनको लागि लेडिज डिजे पिज्जाको प्रस्तुति रहनेछ।

यसैगरी सिद्धार्थ होटेलले नयाँ बर्षको अवसरमा आकर्षक छुटसहितका विभिन्न प्याकेजको व्यवस्था मिलाएको छ। कार्यक्रमका लागि एकजनाको १५०० र बच्चालाई १००० रहेको छ। यो प्याकेजमा वेलकम ड्रिङ्क्समा जुस अथवा क्यानबियर बच्चाको हकमा जुस र सबैलाई डिनरको व्यवस्था रहेको छ। यसमा नियम र शर्तहरू लागू हुनेछ।

सिद्धार्थ सुर्खेतको एक मात्रै चारतारे होटेल हो। सिद्धार्थ गु्रप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफेसहित आउटलेटहरु संचालन गर्दै आएको छ। दुई महिनाभित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवल सँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ।

 

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री