सुर्खेत । मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको वार्षिक सभाले पाँच बुँदे घोषणापत्र जारी गरेको छ। शनिबार वीरेन्द्रनगरमा भएको एलाइन्स कर्णाली प्रदेशको वार्षिक सभा पाँच बुँदे घोषणापत्र जारी गरेको हो।

घोषणा पत्रमा कर्णाली प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चिता गर्न सबै संघसंस्थाहरु एक्यवद्ध भएर जुट्ने, कर्णाली प्रदेशमा उपलब्ध विभिन्न मानवीय तथा प्राकृतिक स्रोत साधनको उचित प्रयोगका लागि सरकारका गतिविधिलाई सहयोग, सहकार्य र समन्वय गर्ने उल्लेख छ।
‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’ प्रदेश निर्माण गर्न घरघर र जनजनमा मानव अधिकारका मुलभुत आधार निर्माण, संरक्षण र सम्वद्र्धन गर्न ‘एक पालिका एक मानव अधिकार रक्षक’ निर्माण गर्ने र जाजरकोटको भूकम्प लगायत अन्य विपदबाट प्रभावित व्यक्ति तथा घरपरिवारको मानव अधिकार सम्मत् ढंगले पुर्नस्थापना पुर्न निर्माण कार्य अगाडी बढाउन तीन्न वटै तहका सरकारसँग समन्वय गर्ने घोषणा भएका छन्।
यस्तै, मानव अधिकार एलाइन्सले टोलस्तरदेखि वडा पालिका प्रदेश तहमा सांगठनिक गतिविधिहरुलाई सुदृढ र सशक्त गराउन आ–आफ्नो भूमिका जिम्मेवारी अनुसार कार्यक्षेत्रमा क्रियाशिल रहि दस्तावेजिकरण गर्ने घोषणा पत्रमा उल्लेख छ।
मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो वार्षिक साधारण सभा प्रदेशका अध्यक्ष नविनकुमार शाहीको अध्यक्षता र एलाइन्सका केन्द्रिय सचिव एवम् प्रदेश इन्चार्ज टीकाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक सभामा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, नेकपा एमाले केन्द्रिय सदस्य एवंम वीरेन्द्रनगर नगरपालिकका नगर प्रमुख मोहनमाया ढकाल, नेकपा एमाले प्रदेश कमिटी उप–सचिव पदमा खड्का र नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवाल लागयतको उपस्थित रहेको थियो।






















