dinvari.com

शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

सुर्खेत । स्थानीय तहहरुले आगामी नीति, कार्यक्रम तथा बजेटमा शिक्षालाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिइएको छ । शुक्रबार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कर्णाली प्रदेशद्वारा आयोजित शिक्षा नागरिक समाजको सहभागिता, विद्यालय शिक्षा योजना स्थानीयकरण विषयक गोष्ठिका सहभागिहरुले स्थानीय तहले शिक्षामा लागानी बढाउनु पर्नेमा जोड दिएका हुन् । गोष्ठिमा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियानका कर्णाली प्रदेश संयोजक भुपेन्द्र कँडेलले विद्यालय शिक्षा योजना अन्तर्गत नीति, कार्यक्रम तथा बजेट निर्माण गरिनु पर्ने बताए ।

स्थानीय तहले निर्माण गरेका विद्यालय शिक्षा योजना एकातिर बजेट तथा कार्यक्रम अर्कोतिर हुँदा सिकाईको गुणस्तर बढ्न नसको उनको भनाई थियो । यस्तै, अभियानका पूर्व कोषाध्यक्ष टिकाराम आचार्यले भौतिक पूर्वाधार केन्द्रित बजेट मात्र नभई सिकाई मुलक कक्षा कोठा निर्माण गर्ने गरी बजेट तय गरिनुपर्ने बताए । शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई भएको उल्लेख गर्दै उनले अहिले स्थानी तहरु शिक्षक तथा कर्मचारीलाई तलब दिन मात्रै बजेट केन्द्रित गराइरहेको बताए । यसले सिकाईमा उपलब्धि हासिल गर्न नसकेको उनको भनाई थियो ।

यस्तै, गोष्ठिमा बोल्दै बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम डिसीले सिकाईमा उपलब्धी हासिल गर्ने गरी आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा भुमिका निर्वाह गर्ने बताए । सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा रेग्मीले स्थानीय तहको क्षमता र स्रोतका आधारमा शिक्षालाई प्राथमितामा राख्दै आएको बताइन । विद्यालयका भौतिक संरचनासँगै आगामी दिनमा सिकाइ मुलक कक्षा कोठा निर्माण गर्न प्रविधिसहितका शैक्षिक सामग्रीको व्यवस्थापन गर्नतर्फ ध्यान पु¥याउने उनले बताइन ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री