dinvari.com

जुम्लामा मार्सी धान रोप्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याई नभ्याई भएको छ। जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका-४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए।

जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ। पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसान मार्सीधानप्रति आकर्षित हुन थालेको स्थानीय पाण्डेको भनाइ छ। जुम्लामा उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए।

सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ। जिल्लामा दुई हजार ८५० हेक्टरमा धानखेती हुन्छ। सोमध्ये एक हजार २०० हेक्टरमा मार्सीधानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री