dinvari.com

मुगुका किशोर/किशोरी र आमाहरुलाई डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण

सुर्खेत । मुगुको सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका किशोर/किशोरी र आमाहरुलाई डिजिटल साक्षरता सम्बन्धि एक दिने प्रशिक्षण प्रदान गरिएको छ। ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्र मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण प्रदान गरिएको हो।

ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्रका अध्यक्ष नरेश शाहीले डिजिटल साक्षरता कार्यक्रममा युवाका लागि आर्टिफिसियल इन्टलिजेन्स रिसर्च क्षमता, साइबर अपराध र सुरक्षा, भ्रामक र मिथ्या सूचना र मिडिया साक्षरताको विषयमा प्रशिक्षण गरिएको जानकारी दिए।

उनकाअन्सार इन्टरनेटको बढ्दो प्रभावसँगै युवालाई डिजिटल सूचनाबारे ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले प्रशिक्षण थियो।

सामाजिक सञ्जालमा विभिन्न प्रकारका लोप, प्रलोभन देखाउने खालको प्रवृद्धि बढेको र त्यसबाट अज्ञात ब्यक्तिले फाइदा उठाउन खोज्ने, सामाजिक सञ्जालहरुलाई समस्या निम्त्याउने जस्ता तत्वहरुलाई न्युनिकरण गर्न यस डिजिटल साक्षरता प्रशिक्षणले सहयोग गर्ने अपेक्षा राखिएको छ।

आजको प्रविधिको दुनियाँमा डिजिटल साक्षरता आवश्यक र महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष शाहीले प्रशिक्षणले सहभागीहरुलाई इन्टरनेटको दुनियाँमा रहेको बेलामा सभ्य रहन, सुरक्षित रहन मद्दत पुग्ने बताए। उक्त प्रशिक्षण कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता थियो।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री