dinvari.com

महिला परिवर्तन सहकारीको सहयोगमा सञ्चालित कृषि फार्महरुको अनुगमन

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि फार्महरुको अनुगमन गरेका छन्। मन्त्री शाहले सोमबार सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ र १४ नम्बर वडामा सञ्चालित कृषि तथा पशुपन्छी फार्महरुको अनुगमन गरेका हुन्।

गुर्भाकोट नगरपालिका–१३ मा रहेको महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाको सहयोगमा सञ्चालित कृषि फार्मको अनुगमनमा मन्त्री शाहसँगै कर्णाली प्रदेश सभा सदस्य बलिमाया बुढाको पनि सहभागीता थियो।

सहकारीको सहयोगमा सञ्चालित फार्मको अनुगमनपछि मन्त्री शाहले महिला सहकारीले कृषकहरुको पक्षमा उत्कृष्ट कामहरुगरेकाे भन्दै प्रसंशा गरे। उनले भने, ‘मैले केही समय अघि सल्यानको लुवाममा महिलाहरुले नै सञ्चालन गरेको सहकारी हेरेको थिए। उहाँहरुले सहकारीलाई ऋण तथा बचतमा मात्र सिमित नभइ उत्पादनतर्फ जोड्नुभएको रहेछ। सहकारीमार्फत दिनमा दर्जनौं गाडी तरकारीहरु निर्यात गर्नुहुन्छ।’

यस्तै, शाहले यस सहकारीले पनि कृषकका पक्षमा काम गरिरहेकाले थप सहकारीका पदाधिकारीहरुको मनोबल, इच्चा, शक्ति र काम गर्ने स्किललाई मजबुत मनाउन सुझाव दिए। साथै उनले सरकारबाट उपलब्ध गर्न सकिने सेवा, सुविधा लगायतका सहयोग गर्न मन्त्रालय सकारात्मक रहेको बताए।

यस्तै, सहकारीकी प्रवन्धक दिपा रानाले सहकारीले हरेक वर्ष गर्दै आएका गतिविधि तथा त्यसको प्रतिफलका बारेमा प्रस्तुतिरकण राखेकि थिइन्।

अन्तिम अद्यावधिक मिति: २०८२ असार २३, सोमबार २०:२९

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री