सुर्खेत । सुर्खेत जिल्लाका तीन जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालयले सुर्खेत जिल्लास्तरका तीन किसालाई पुरस्कार प्रदान गरेको हो।

मंगलबार वितरण गरेको उक्त पुरस्कारमा भेरीगंगा नगरपालिका–८ का कृषक विनोद शर्माले प्रथम पुरस्कार प्राप्त गरेका छन्। निर्देशनालयका निर्देशक तिलकप्रसाद पाण्डेले प्रथम पुरस्कार पाउने शर्मालाई ३० हजार नगद सहित प्रमाण–पत्रले सम्मान गरिएको जानकारी दिए।
शर्मालले केरा बगैँँचाको खेती गर्दै आएका छन्।
निर्देशक पाण्डेकाअनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुने द्वितीय कृषमा वीरेन्द्रनगर नगरपालिका–१३ मा मेवा ड्रागन फ्रुटको खेती गर्ने ललितप्रसाद लामिछाने छन्। उनलाई २५ हजार नगद र प्रमाण–पत्र प्रदान गरिएको छ।

यस्तै, तृतीय पुरस्कर भेरीगंगा नगरपालिका–१० मा तरकारी तथा पशुपन्छी फर्म सञ्चालन गरिरहेकी अञ्जना बुढालाई प्रदान गरिएको छ। उनलाई पनि २० हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिएको निर्देशनालयले जनाएको छ।
प्रथम पुरस्कार ग्रहण गर्दै किसान शर्माले आफुले विगत ६ वर्षदेखि केरा खेती गर्दै आएको बताए। उनले भने, ‘सरकारले नगदसहित गरेको सम्मानले थप हौसला मिलेको छ। म निकै खुसि उत्साहित छ। यो सम्मानका लागि सरकारलाई धन्यवाद दिन चाहान्छु र थप सहयोगको अपेक्षा राखेको छु।’
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले पुरस्कृत किसानलाई बधाई दिँदै थप सफलताका लागि निरन्तर कर्ममा लाग्न अनुरोध गरे।
किसानले आवश्यकता अनुसारको उत्पादन गर्न नसकेको बताउँदै उनले सरकारी स्तरबाट हुने यस्ता कार्यक्रमले कृषि क्षेत्रमा रहेका व्यक्तिहरुलाई थप सहयोग पुर्याउने बताए । उनले भने, ‘कृषि एक महत्त्वपूर्ण क्षेत्र हो। जाहे जो सूकै व्यक्ति जुनसुकै पेशमा भएपनि खाद्यान्न अनिवार्य छ। त्यसैले कृषिलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ। यसले देशकै अर्थतन्त्र बढाउनमा सहयोग गर्छ।’

यस्तै, मन्त्री शाहले वास्तविक किसानले भन्दा विचौलियामा मात्रै अनुदान पाउने जनगुनासो बढेको भन्दै त्यसलाई न्यनुनिकरण गर्न सरकारको ध्यानाकर्षण भएको बताए। उनले भने, ‘वास्तविक किसानले भन्दा विचौलियाले अनुदान प्राप्त गर्छ भन्ने हल्ला छ। त्यसमा गम्भीर ध्यान दिनुपर्ने छ। यस्ता हल्ला चिर्न हामिले इमानदारीपुर्ण लिने र दिने पक्ष लाग्नुपर्ने देखिन्छ।’
साथै उनले किसानले उत्पादन गरेका कृषिबस्तुहरू बिक्रीवितरणमा मात्रै नभएर आफुले उपभोग गर्ने भएकाले विषादीरहित उत्पादनमा जोड् दिन सुझाव दिए।
यस्तै, मन्त्री शाहले अहिले सरकारले ५० प्रतिशत साझेदारीमा बगैँचा मोडलबाट ठूलो क्षेत्रफलमा विकास गर्ने कार्यक्रम ल्याएको बताए। उनले भने, ‘यो कार्यक्रम प्रत्येक पालिकामा विस्तार हुनेछ। ५ हेक्टर बढी क्षेत्रमा कृषि गर्ने किसानलाई १०० प्रतिशत व्याज अनुदान, वैदेशिक रोजगारबाट फर्केका युवालाई विषेश कार्यक्रम, युवा लक्षित कार्यक्रम, रोड करिडोर कार्यक्रम, पशुपालनमा नयाँ ढंगले सोचेर हामीले कार्यक्रम ल्याएका छौँ।’






















