सुर्खेत । दुई दिनसम्म चलेको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। साउन १२ गतेदेखि चलेकाे प्रगित समीक्षा गाेष्ठी साउन १३ गते सम्पन्न भएकाे हाे। कृषि मन्त्री विनोदकुमार शाहको अध्यक्षतामा सुरु भएको समीक्षा गोष्ठीमा प्रमुख अतिथिका रुपमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल सहभागी िथए।
गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको पनि सहभागीता रहेको थियो। समीक्षा गोष्ठी मन्त्रालय मातहतका २६ वटै कार्यालयका कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयले गरेको प्रगतिको बारेमा प्रस्तुतिरकण प्रस्तुत राखेका थिए।

मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा ६९.२५ प्रतिशत बजेट कार्यान्वयन गरेको मन्त्रालयका सचिव परशुराम रावतले जानकारी दिए
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ८६ करोड ७ हजार २१६ रुपैयाँ विनियोजित बजेटमा १ अर्व २९ करोड ३१ लाख बढी रुपैैँया अर्थात् ६९.२५ प्रतिशत बजेट कार्यान्वयन गरेको छ। आर्थिक वर्ष २०८०/०८१ काे भन्दा करिब १ प्रतिशत बढीले प्रगति बढेको हो।
आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ १ अर्ब ३७ करोड २० लाख ६६ हजार मध्ये ९४ करोड ९७ लाख ७४ हजार अर्थात् ६९.२२ प्रतिशत र पुँजीगत तर्फ ४९ करोड ५१ लाख ५० हजार विनियोज बजेटमा ३४ करोड ३३ लाख ४० हजार अर्थात ६९.३४ प्रतिशत र समग्रमा ६९.२५ प्रतिशत बजेट कार्यान्वयन गरेको छ।






















