dinvari.com

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहिन, एक जनाको मृत्यु भएको आंशका

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहिन भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्कविहिन भएका मध्ये एक जनाको मृत्यु भएको आशंका गरिएको छ । जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपालिका–८, का एक गरी ६ जना गएको २३ फागुनमा सिकार खेल्न भन्दै १७ किलोमिटर दक्षिणमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार स्थानीय आसे महतराले सोमबार (आज) बिहान आफ्ना साला नाता पर्ने टोबहादुर खत्रीसहित ६ जना सिकार खेल्न गएको अवस्थामा सम्पर्कविहन भएको जानकारी प्रहरी चौकी रानिघाटलाई गराएका थिए । महतराले आफ्ना साला टोपबहादुर खत्रीको मृत्यु भएको हुनसक्ने प्रहरीलाई जानकारी गराएका छन् ।

प्रवक्ता बुढथापाका अुनसार बराहतला गाउँपालिका–१, का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली सम्पर्कविहन छन् । यस्तै, लेकवेशी नगरपालिका–८, का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि सम्पर्कविहिन छन् । घटनास्थल बर्दिया जिल्लामा पर्दछ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ । सम्पर्कविहन भएकाहरुको खोजिमा प्रहरी चौकी रानिघाटबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री