dinvari.com

सार्वजनिक संस्थाहरु पारदर्शी हुनुपर्नेमा जोड

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थाहरुले आफुहरुलाई पारदर्शी राख्नुपर्ने बताएका छन्। कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को २५ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले सार्वजनिक संस्थाहरु पारदर्शी हुनुपर्ने बताएका हुन्। ‘सार्वजनिक संस्था टिक्ने हो भने आफुलाई पारदर्शी राख्नुपर्छ,’ उनले भने, ‘विकास र परिवर्तनका लागि सबैको अनुभति हुने गरि छलफल गर्नुपर्छ।’

कर्णालीले सबै क्षेत्रमा फड्को मारेको भएपनि सार्वजनिक रुपमा नागरिकले महसुश नगरेकोप्रति ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताए । सरकारी तथा गैरसरकारी संस्थाहरुका संरचना, उद्देश्य, बजेट तथा ध्येय एउटै हुने तर, काम गर्ने बेलामा एक्लाएक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने मुख्यमन्त्री कँडेलले बताए । ‘जुन अवस्थामा समन्वय हुनुपर्ने हो। तर, त्यो भएको छैन्।

पछउटे समुदाय भएकाले पनि हो कि उद्देश्य र गतब्य एउटै भएपनि एक्लै हिड्ने परिपाटी बनेको छ,’ उनले भने, ‘अहिले होडबाजी र प्रतिपस्र्धाले जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन्।’ अधिकार प्राप्तिको युग समाप्त भएकाले अब आर्थिक समृद्धिसहितको समाज निर्माणगर्नतर्फ सबैले हातेमालो गर्नुपर्ने उनले बताए।

यस्तै, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीबाट जन्मेको किडार्क नेपाललाई अन्र्तराष्ट्रियस्तरमा काम गर्न सक्ने बनाउनुपर्ने बताए  ‘कर्णालीको बजेटभन्दा बढी बजेट कर्णालीका गैरसरकारी संस्थाहरुसँग छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न जरुरी रहेको छ। यसमा हामी गैरसरकारी संस्थाहरुलाई खुलेर सहयोग गर्न तयार छौं। कर्णाली समृद्धिका योजनाहरुका बारेमा गहन छलफल गरौं । आवश्यकता पहिचाहन गरौं। सँगै मिलेर लगानी गरौं । अनि मात्रै हाम्रा प्रयासहरु सार्थक बन्छन्।’

अन्तिम अद्यावधिक मिति: २०८१ कार्तिक ९, शुक्रबार १६:१३

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री