dinvari.com

कोटमौला प्राङ्गारिक सुन्तला उत्पादन कृषक पाठशालाको अनुगमन

सल्यान । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सल्यानको बागचौर नगरपालिका ९ मा रहेको कोटमौला प्राङ्गारिक सुन्तला उत्पादन कृषक पाठशालाद्वारा सञ्चालित सुन्तला बगैँचाको अनुगमन गरेका छन्। बुधबार मन्त्री शाहसँगै कृषि विकास कार्यालय सल्यान, मन्त्रालयको कृषि विकास महाशाखाका कर्मचारीहरुको सहभागीतामा सुन्तला बगैँचाको अनुगमन गरिएको हो।

मन्त्रालयले कोटमौलामा प्राङ्गारिक सुन्तला उत्पादन कृषक पाठशाला अन्तरगत सुन्तलाका ४२ वटामा बोटमा तुलनात्क अध्ययन परिक्षण गरिएको छ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी इश्वरीनारायण घर्तीले २०८० पुस २० गते बाट प्राङ्गारिक सुन्तला उत्पादन कृषक पाठशालाको संचालन गरिएको बताए। उनकाअनुसार किसानहरुको विभिन्न समूहरु बनाएर पाठशाला प्रत्येक महिनाको १० र २५ गते महिनामा दुई दिन बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने गर्दछ।

पाठशाला अध्यक्ष किसान भरतनाथ योगीले स्थानीय जातको ४२ वटा सुन्तलाका बोटमा कृषक पाठशालामार्फत तुलनात्मक अध्ययन गरिरहेको बताए। उनकाअनुसार ४२ मध्ये २१ बोट सुधारिएको तरिकाबाट र २१ बोट विद्यमान तरिकाबाट सुन्तला बगैँचामा पाठशाला सञ्चालन भएको छ।

६ महिला र २० पुरुष गरी २६ जना किसानहरु उक्त पाठशालामा सहभागी भएका छन्।

कोटमौला प्राङ्गारिक सुन्तला उत्पादन कृषक पाठशालाको अनुगमन गर्दै मन्त्री शाहले यस प्रकारको कार्यक्रम किसानहरुकालागि महत्वपूर्ण भएको बताउँदै आगामी दिनहरुमा पनि निरन्तता दिँदै जाने प्रतिबद्धता जनाए।

मन्त्री शाहले सुन्तला उत्पादन क्षेत्रलाई उद्योग, पर्यटनतर्फ जोड्दै अगाडी बढ्न किसानहरुलाई सुझाव दिए। साथै उनले किसानहरुलाई मूल्यवान लोगो आफ्नो उत्पादनमा लगाउने गरेर काम गर्न अनुरोध गर्दै सरकार सधैं साथमा रहेको बताए।

उक्त समूहलाई स्प्रे मेसिन वितरण गरिएको छ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री