dinvari.com

डीआईजी जनक भट्टराई एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्।

उनलाई एआईजीमा बढुवा गर्नकै लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खाली गराइएको थियो।

भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउनेछन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री