सुर्खेत । प्राेग्रेसिभ ईन्जिनियर्स एसाेसियसन नेपाल (पिन) सुर्खेतकाे अध्यक्षमा इन्जिनियर संगम याेगी चयन भएका छन्। जिल्लाको दाेस्राे ऐतिहासिक अधिवेनशबाट याेगीकाे अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएकाे हाे।
उपाअध्यक्षमा ई. दीपक कोईराला, सचिवमा ई. रमेश सापकोटा, कोषाध्यक्षमा ई.जी राजकुमार विष्ट चयन भएका छन्।
यस्तै, सदस्यहरुमा ई. मिनाक्षी मल्ल, ई. श्री निता रिजाल, ई. विकास शर्मा निर्वाचित भएका छन।
अधिवेशन उदघाटन समारोहको सन्चालन ई. बमबहादुर भण्डारीले गरेका थिए।
साथै पिन सुर्खेत दोस्रो अधिवेशनको सभाअध्यक्ष : ई. बालाराम तिवारी, प्रमुख अतिथि नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपसचिव सुसिला विश्वकर्मा, पिन केन्द्रीय कमिटी सचिव एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य ई.नरेश खड्का, नेकपा एमाले प्रदेश कमिटी सदस्य ई.महेश ढुङ्गानाकाे सहभागीता रहेकाे थियाे।

यस्तै, पिन केन्द्रीय कमिटी सचिवालय सदस्य एवं कर्णाली सह-इन्चार्ज ई. कृष्ण पान्डे, पिन केन्द्रीय सदस्य ई. योग्यबहादुर कार्की , निलम बुढा , पिन कर्णाली प्रदेश अध्यक्ष ई. टिकाराम पाेखरेल ,पिन कर्णाली प्रदेश सह-सचिव ई. सन्तोष थापा, पिन कर्णाली प्रदेश कोषाध्यक्ष ई. योगेन्द्र बुढा, नेपाल ईन्जिनियर एसोसिएसन कर्णाली प्रदेशका पुर्व सचिव ई. तारा वाग्ले लगायत ६० भन्दा बढी ईन्जिनियरहरूकाे सहभागीता रहेकाे थियाे।






















