dinvari.com

नापी कार्यालय रुकुम पश्चिमको साइनबोर्ड ह्याक, लेखियो ‘आई लभ यु प्रमिला’

सुर्खेत । नापी कार्यालय रुकुम पश्चिमको साइनबोर्ड ह्याक भएको छ। रुकुमपश्चिमको आठबीसकोट नगरपालिमा रहेको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो।

बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला, रेल्ली लभ यु’ लेखिएको छ।

आठबीसकोट नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले हिजो राती बोर्ड ह्याक भएको जानकारी दिए। उनले भने, ‘बोर्ड ह्याक भएको खबर आज बिहान बाहिरिएको हो। राती नै बोर्ड ह्याक गरेर त्यस्तो कुरा लेखिएको नापी कार्यालयका कर्मचारीहरुबाट हामीले बुझेका छौँ। अहिले डिजिटल साइन बोर्ड बन्द गरिएको छ।’

यस्तै, विष्टले उक्त घटनाको विषयमा नापी कार्यालयले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा जानकारी गराइसकेको र अनुसन्धानबाट कसले किन ह्याक गरेको रहेछ भन्ने बारे थाहा हुने बताए।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री