dinvari.com

दैलेखका खम्बु पुनको मुटु र फोक्सोमा समस्या, सहयोगको अपिल

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका-४ का ३३ वर्षीय खम्बु पुन मगरको मुटु र फोक्सोमा समस्या देखिएको छ। उक्त समस्या देखिपछि विगत ४ वर्षदेखि थला परेका छन्।

बेलाबेला स्वास्थ्य जाँच गरिरहेका पुन मगरको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको छ।

आफन्तका अनुसार पुनको उपचारमा लाखौं रुपैयाँ खर्च भइसकेको छ। तर, सन्चो भने भएको छैन्।

पुनको पछिल्लो समय कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र काठमाडौँको उपचार गरिए पनि आर्थिक अभावका कारण पूरा उपचार नभएको छैन्।

हाल सुर्खेतमा रहेको एक नीजि अस्पतालमा उपचार भइरहेको उनका आफन्त दिपेन्द्र मगरले जानकारी दिए। उनका अनुसार खम्बु पुन मगरको उपचारका लागि अस्पतालले अझै तीन/चार लाख खर्च लाग्ने जनाएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। सहयोग गर्नका लागि ९७६७६९३१८८ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिनेछ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री