सुर्खेत । संघीय सरकारले बर्दिवास, बुटबल, सुर्खेत र डडेल्धुरामा निर्माधिन तथा प्रस्तावित मेडिकल कलेजका पूर्वाधार निर्माण गर्ने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यी मेडिकल कलेजका पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट व्यवस्थापन गरेको बताए।






















